विश्व

बेलायतमा सांसदको छुरा प्रहार गरेर हत्या

इकागज |
असोज ३०, २०७८ ७:१ बजे

लण्डन - बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो ।

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो। सांसदको हत्याको आशंकामा २५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सांसद डेभिडमाथि पटक पटक छुरा प्रहार गरेको  पोस्टमाटममा
देखिएको छ ।


६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन् ।  अमिस सन् १९८३ देखि सांसद थिए । उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।



Author

थप समाचार