विश्व

तालिबानद्‍वारा पत्रकारमाथि आक्रमण : विदेशी पत्रकारलाई राइफल प्रहार, फोटोग्राफरलाई लात

इकागज |
कात्तिक ५, २०७८ शुक्रवार ८:३३ बजे

काबुल- महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कयौँ पत्रकारहरूमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरूको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्नु भन्ने नारा लगाएका थिए । 

‘हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र  बेरोजगारी, गरीबी, भोकले सताएको छ ’ भन्ने लेखिएको प्लेकार्ड  ती महिलाहरू बोकेका थिए । तालिबान अधिकारीहरूले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा हिड्न दिएको एएफपी समाचार समिति जानकारी दिएको छ  । 


तालिबान लडाकूहरूले विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ । 

प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन् कि महिलाहरू जोखिमको बावजुद मार्चपास गर्दै थिए । तालिबानहरूले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरू कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । केटीहरूको विद्यालय जाने अधिकारसमेत तालिबानहरू खोसेको पनि उनले बताएकी छिन् । (एएफपी)


Author

थप समाचार
x