विश्व

अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार ८:३९ बजे

अफगानिस्तान- अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् । अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ ।

'पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,' टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने ।


पक्राउ परेका केही लडाकूसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारहरु समेत बरामद गरिएको उनको भनाई छ । आइएस लडाकूहरुले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x