विश्व

फिजीमा नयाँ राष्ट्रपति निर्वाचित

इकागज |
कात्तिक ६, २०७८ शनिबार ६:३५ बजे

फिजी- फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ । उनले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गरेका हुन् । कोनौटेले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेका छन् । कातोनिभेरेले भोरेक्व बैनीमारामालाई प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

संसद्‌मा भएको मतदानमा कातोनीभेरेले २८ मत प्राप्त गरेको थियो भने केपाले २३ मत प्राप्त गरेका थिए । संसदका सभामुख रातु इपेली नैलातिकौले कातोनीभेरेलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्दै बधाई दिएका थिए । नवनिर्वाचित राष्ट्रपति कातोनीभेरे फिजिफस्ट पार्टीको पूर्व अध्यक्ष समेत हुन । उनले प्रधानमन्त्रीको जिम्मेबारी भने अर्को महिनादेखि सम्हाल्नेछन् ।  (सिन्ह्वा)



Author

थप समाचार
x