विश्व

लागूऔषधका 'मोस्ट वान्डेट' अपराधी पक्राउ

इकागज |
कात्तिक ७, २०७८ आइतबार १२:८ बजे

काठमाडौँ - विश्वमै सर्वाधिक खोजीको सूचीमा रहेका कोलोम्बियाका लागू औषध तस्कर ‘आटोनियल’ पक्राउ परेका छन् । पानामाको सीमा नजिक कोलोम्बियाको उत्तर पश्चिम एन्टीकुया प्रान्तबाट उनलाई पक्राउ गरिएको हो । 

वर्षौदेखि लागु पदार्थको तस्करी गर्दै आएका ओटोनियललाई कोलोम्बियाको सेना र प्रहरीको सयुक्त टोलीले शनिबार पक्राउ गरेको हो ।  पुरा नाम दायरो एन्टोनियो उसुगा रहेका उनी कोलम्बियाका सबैभन्दा शक्तिशाली तस्करी समूहका नाइके मानिन्छन् । 


कोलोम्बियाले 'मोस्ट वान्डेट'को सूचीमा रहेका ओटोनियलको बारेमा जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको थियो । यसैगरी अमेरिकाले उनको टाउकोको मुल्य ५ मिलिएन अमेरिकी डलर तोकेको थियो । उनी पक्राउ परेलगतै कोलोम्बियका राष्ट्रपति इभान ड्युकले भिडियो सन्देश जारी गर्दै देशलाई ठूलो उपलब्धी हासिल भएको जानकारी दिए ।  
 


Author

थप समाचार
x