विश्व

सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

इकागज |
कात्तिक ८, २०७८ सोमवार ९:४८ बजे

खार्तुम - सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्रीलाई सेनाले घरमै नजरबन्दमा राखेको विषयको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

सेना र नागरिक समूहको गठबन्धनबिरुद्ध गत महिना सेनाले सत्तापलटको असफल प्रयास गरेको थियो । अहिले राजधानी खार्तुमको टेलिफोन सेवा बन्द रहेकोले थप विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  उद्योगमन्त्री पक्राउ परेको जनाइएको छ । पक्राउअगाडि उनको घरमा सेनाले घेरा हालेको थियो । 


सेनाले प्रधानमन्त्रीका प्रेस सल्लाहकारलगायतका केही सरकारी अधिकारीलाई पक्राउ गरेपछि ह्यामडोकलाई नजरबन्दमा राखेको प्राप्त विवरणमा जनाइएको छ । यसअघि पूर्व शासक ओमार अल बशिरको सत्ता ढलेपछि सुडानमा राजनीतिक अस्थिरता बढेको छ । 

सत्ता गठबन्धनभित्रै खिचातानी बढिरहेका बेला सेनाले कु गर्ने तयारी गरेको बताइएको थियो । सन् २०१९ मा महिनौं लामो आन्दोलनपछि अल बशिरको सत्ता ढलेको थियो । उनको बहिर्गमनसँगै सन् २०२३ को अन्त्यसम्ममा निर्वाचन गर्ने सहमति भएको थियो । 


Author

थप समाचार
x