विश्व

कोप-२६ सम्मेलन : चीन र रसियाका राष्ट्रपति सहभागी नहुने

इकागज |
कात्तिक १०, २०७८ बुधबार ८:४२ बजे

बेइजिङ- आगामी आइतबार बेलायतको ग्लासगो सहरमा आयोजना हुने जलवायुसम्बन्धी कोप २६ सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी नहुने समाचार सार्वजनिक भएको छ । सम्मेलनमा राष्ट्रपति सीको सहभागीताबारे चीनले आधिकारिक रुपमा अहिलेसम्म जानाकारी दिएको छैन । सम्मेलनमा चीनले वातावरण उपमन्त्री झाओ यिङमिन र जलवायु दूत सिइ झेनहुवलाई पठाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

यसअघि क्रेमलिनले रसियाली राष्ट्रपति भ्लादिमर पुटिन राष्ट्रसंघको जलवायु सम्मेलनमा सहभागी नहुने जनाएको थियो । 


तर, चिनियाँ राष्ट्रपति भर्चुअल माध्यमबाट सम्मेलनमा सहभागी हुन सक्ने जनाइएको छ । गत महिना पनि राष्ट्रपति सीले राष्ट्रसंघको महासभालाई भर्चुल माध्यमबाट सम्बोधन गरेका थिए । उनले अप्रिलमा वातवरणसम्बन्धी एउटा सम्मेलनलाई पनि सम्बोधन गरेका थिए । 

यसअघि सम्मेलनमा नजाने संकेत गरेका अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन भने सहभागी हुने भएका छन् । एजेन्सी


Author

थप समाचार
x