विश्व

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

इकागज |
मंसिर १२, २०७८ १४:८ बजे

काठमाडौँ - अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु   दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिबार सिड्नी विमानस्थलमा उत्रिएका थिए ।

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो । संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए । सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो । तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो । उनीहरु सबै जना क्वारेन्टिनमा छन् ।


त्यस्तै,  विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एजेन्सी



Author

थप समाचार