विश्व

रूसमा थपिए ३३,८६० कोभिड संक्रमित

इकागज |
मंसिर १४, २०७८ मंगलबार ६:४७ बजे

मस्को, रूस- रुसमा पछिल्लो २४ घण्टामा ३३,८६० नयाँ कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कूल सङ्ख्या ९६,०४,२३३ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जनाएको छ ।

त्यसैगरी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १,२०९ थपिएको छ र कूल सङ्ख्या २,७३,९६४  पुगेको छ । सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २७,७०० थपिएको छ र कूल ८२,९५,८११ पुगेको छ । 


कोभिड–१९ सङ्क्रमणबाट मृत्युदर २.८५ प्रतिशत रहेको केन्द्रले जनाएको छ । यसैबीच  रूसको सबैभन्दा बढी प्रभावित क्षेत्र मस्कोमा ३,४३४ नयाँ घटनाहरू दर्ता भएका छन् । यहाँ सङ्क्रमितको कूल सङ्ख्या १९,४३,९२९ पुगेको छ । (एएनआई/सिन्ह्वा) 


Author

थप समाचार
x