विश्व

चीनको कारागारबाट भागेका उत्तर कोरियाली पक्राउ

इकागज |
मंसिर १४, २०७८ मंगलबार ७:३२ बजे

प्योङयाङ- चीनको एउटा कारागारबाट भागेका एक उत्तर कोरियाली नागरिक पक्राउ परेका छन् । जू श्यान्जिएन नाम गरेका उत्तर कोरियाली नागरिक ४० दिनपछि चीनमा पक्राउ परेका हुन् ।  

उनलाई पक्राउ गर्न सूचना दिने व्यक्तिलाई १ लाख ९ हजार डलर पुरस्कार दिइने घोषणा गरिएको थियो ।


जू सन् २०१३ मा उत्तर कोरियाबाट भागेर चीन पुगेका थिए । उनलाई चोरी गरेको र गैरकानुनी ढंगले  चीन प्रवेश गरेको अभियोगमा चीनकाे एउटा अदालतले दोषी ठहर गरेको थियो ।

उनी १९ अक्टोबरमा जेलको छतमा पुगेर उफ्रेर विद्युतीय बार नाघेका थिए । सुरक्षाकर्मीले पक्राउ गर्न खोजे पनि चालिस दिनदेखि फरार थिए ।

उनको खोजी चिनियाँ सामाजिक सञ्जालमा व्यापक चासोको विषय बनेको थियो । एजेन्सी


Author

थप समाचार
x