विश्व

साउदी अरेरिबायाद्धारा यमनमा बमबारी

इकागज |
मंसिर १५, २०७८ बुधबार १२:१२ बजे

काठमाडौँ - केही वर्षयतादेखिको द्वन्द्वग्रस्त देश यमनमा साउदी अरेबिया नेतृत्वको सेनाले केही दिन यतादेखि बमबारी भएको बताइएको छ । यमनको मारिब शहरमा सो बमबारी गरिएको समाचारमा जनाइएको छ ।

त्यसमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर सो शहरमा केही दिनदेखि नै निरन्तर रुपमा सैन्य विमानहरुद्धारा बमबारी भएको अधिकारीहरुले जनाएका छन् । मारिब शहरको अधिकांश भूभाग अहिले पनि यमनका विद्रोहीहरुको कब्जामा रहेको यहाँका अधिकारीहरुले जनाएका छन् ।


उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको छ । गएका केही वर्षदेखि नै हुथी विद्रोहीहरुको कब्जामा रहेको सो सहर तेलको धनी मानिन्छ । त्यसैले यो शहर समय समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको पाइन्छ ।  रासस


Author

थप समाचार
x