विश्व

दक्षिण सुडानमा रहेका नेपाली सेनाद्वारा राहत सामग्री वितरण

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १८:३२ बजे

काठमाडौँ - शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली सेनाले त्यहाँका स्थानीयलाई राहत सामग्री वितरण गरेको छ । श्रीजंग गण (शान्ति सेना) एघारौं डफ्फाका फिमेल इंगेजमेन्ट टिमद्वारा लेक स्टेटस्थित मपरमा स्थानीय निकायसँग समन्वय गरी युएनएमओ तथा अन्य यूएन पार्टनरको सहकार्यमा महिला तथा विद्यालयका बालबालिकाहरूलाई लक्षित गर्दै मंलबार मेन्स्ट्रल हेल्थ केयरसम्बन्धी कक्षासमेत सञ्चालन गरेको छ ।

उक्त सचेतनामूलक कार्यक्रममा फिमेल इंगेजमेन्ट टिमद्वारा तयार पारिएको सेनिटरी प्याड वितरण गर्नुका साथै सेनिटरी प्याड एवम् तयार गर्ने विधिबारे जानकारी गराइएको छ । यूएन पार्टनरहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सेनाले स्थानीय विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी सामान तथा कोभिड-१९का सुरक्षा सामग्रीहरू पनि वितरण गरेकाे छ ।


नेपाली शान्ति सैनिकहरूले द्वन्द्वग्रस्त मुलुकहरूको अतिसंवेदनशील इलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी सञ्चालन गरेका विभिन्न मानवीय सहयोग तथा सचेतनामूलक कार्यले स्थानीय निकाय तथा समुदाय र शान्ति सेनाबीच विश्वासको वातावरण सिर्जना भई आपसी सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले जनाएको छ ।


Author

थप समाचार
x