विश्व

मालीमा आतंकवादी हमलामा दर्जनौँको ज्यान गयो

इकागज |
मंसिर १९, २०७८ आइतवार ८:८ बजे

माली- मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरुले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् । सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।  उनीहरुले सो क्षेत्रमा गुडिरहेको एक बसमा हमला गरेका थिए । त्यस हमलामा परेर दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको छ तर त्यसमा परेका व्यक्ति कतिजना हुन् भन्ने बारेमा भने अझै खुलेको छैन ।

अधिकारीहरुका अनुसार अज्ञात समूहमा आएका हतियारधारी आतंककारीहरुले गुडिरहेको बसमा आगो लगाइदिएका थिए । सो बसमा रहेका ३३ जना यात्रुको शरीर पूरै जलेको अवस्थामा पाइएको थियो । ती मध्ये अधिकांशको ज्यान गइसकेको बताइएको छ ।तर सरकारले यस विषयमा कुनै पनि जानकारी दिएको छैन । तीमध्ये प्रायः सबैको ज्यान गएको अनुमान गरिएको समाचारमा आएको छ तर यस विषयमा सरकारले केही बताएको छैन ।


त्यस स्थानमा केही समय अघिदेखि नै आतंककारीहरुले हिंसात्मक क्रियाकलापहरु गर्दै आएका थिए । यस पछिल्लो हिंसाको बारेमा कुनै आतंककारी समूहले पनि कुनै जानकारी दिएको छैन । सरकारी अधिकारीहरुले ठूलो मानवीय क्षति भएको बताएका छन् तर यस विषयको यकिन तथ्यांक दिएका छैनन् । (सिन्ह्वा)


Author

थप समाचार
x