विश्व

छिमेकीको लुगा फिर्ता नगरेपछि श्रीमानले दिए 'डिभोर्स'

इकागज |
मंसिर १९, २०७८ आइतबार ११:३५ बजे

काठमाडौँ- छिमेकीको लुगा चोरेको आरोप लगाउँदै इजिप्टका एक पुरुषले पत्नीसँग सम्बन्ध बिच्छेद गरेका छन् । समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाको दिन छिमेकीको लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनका पति उनीसँग ‌आगो बनेका थिए । 

लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएर कुट्ने धम्की दिएकी थिइन् । लामो समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासो गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । 'छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कुटिन् ।', उनका पतिले भने । 


पत्नीलाई छिमेकीको लुगा दिन बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध बिच्छेदको निर्णयमा पुगेको उनले बताएका छन् । 'सम्बन्धबिच्छेद गर्नुअघि मैले उनको परिवारसँग पनि सल्लाह मागेको थिए', उनले भने ।

न्युज कारखाना


Author

थप समाचार
x