विश्व

विमानमै यात्रुको मृत्यु पछि उडेको तीन घन्टापछि फर्कियो विमान

इकागज |
मंसिर १९, २०७८ आइतवार १२:२८ बजे

काठमाडौँ- भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुनः नयाँ दिल्ली फर्किएको छ । 

जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो । 'मेडिकल आपतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ,'  एयर इन्डियाका एक अधिकारीले भने । 


विमानस्थल अवतरणपछि चिकित्सकहरुको एउटा समूह विमानभित्र बिरामीको परीक्षण गरेको थियो । समूहले तत्कालै बिरामीलाई मृत घोषित गरेको थियो । मृत भएका व्यक्ति अमेरिकी नागरिक रहेको जनाइएको छ । 

शवलाई सोही विमानमार्फत अमेरिका पठाइएको छ ।

 न्युज कारखाना


Author

थप समाचार
x