विश्व

६ महिनापछि अफगानिस्तानमा पुन: एटीएम सेवा सुरु

इकागज |
माघ २, २०७८ आइतवार १०:७ बजे

काबुल - अफगानिस्तानमा तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पहिलो पटक एटीएम सञ्चालनमा आएका छन् । कमर्सियल बैंक र युनियन बैंकहरूसँगको छलफलपछि एटीएम सञ्चालनमा आएको हो । तर, व्यक्तिले एटीएमबाट बढीमा कति रुपैयाँ निकाल्न सक्छन् भन्ने बारेमा केही खुलाइएको छैन । यसअघि एक जना मानिसले बढीमा प्रति साता २०० डलर झिक्न पाउँथे । 

अर्थतन्त्रलाई स्थिर पार्ने प्रयास स्वरुप तालिवानले यसै साता पहिलो पटक आफ्नो बजेट सार्वजनिक गरिएको थियो । सरकारले सन् २०२२ को प्रथम चौमासिकका लागि बुधबार ५० करोड ८० लाख डलर बजेट सार्वजनिक गरेको थियो । सरकारले यातायात, उर्जालगायत विकास परियोजनामा खर्च गर्ने योजना गरिरहेको छ । बजेट सार्वजनिकसँगै महिनौंदेखि तलब नपाएका सरकारी र महिला कर्मचारीलाई भुक्तानी दिन सुरु गरिने तालिवानले जनाएको छ । 
 



Author

थप समाचार
x