विश्व

टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियाबाट देश निकाला

इकागज |
माघ ३, २०७८ सोमवार ९:१४ बजे

सिड्नी- विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको  भिसा रद्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।

सर्बियाली नागरिक जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने  फैसला गरेका हुन् ।


अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् । एजेन्सी
 


Author

थप समाचार
x