विश्व

भारतले लगायो अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

इकागज |
माघ ५, २०७८ बुधबार २१:१५ बजे

एजेन्सी – कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि भारतले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाे छ । फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले एक सूचना जारी गरी जानकारी दिएकाे छ ।

डीजीसीएले जारी गरेको परिपत्रअनुसार डीजीसीएले तोकेरै स्वीकृत गरेको अन्तर्राष्ट्रिय कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन । 


डीजीसीएले जारी गरेको आदेशमा भनिएको छ, “सन् २०२१ को नोभेम्बर २६ मा गरिएको महानिर्देशनालयको परिपत्रमा आंशिक परिमार्जन गरिएको छ । पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट  आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को राति २३ः५९ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ।”

बढ्दो कोभिड सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले मार्च २०२० को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो  


Author

थप समाचार
x