विश्व

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसद्‌बाट पारित

इकागज |
माघ ६, २०७८ बिहिवार ६:३१ बजे

जाकार्ता- इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ ।जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो । यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ ।

इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहदै आएको थियो । राजधानी सर्नेसम्वन्धी अवधारणा विगतमा केही पूर्व राष्ट्रपतिहरुले पनि उठाउदै आएका थिए । जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनुलगायतका कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो ।


राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा सहर झण्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिन्छ । यो ठाउँको छनौट भने पूर्व राष्ट्रपति जोकोवीले छनौट गरेको राष्ट्रिय विकास तथा योजनामन्त्री सुहार्सो मोनोअर्राफले जानकारी दिए । इन्डोनेसियामा आफैमा विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक हो । इन्डोनेसियामा अहिले २७ करोड भन्दा बढी जनसङ्ख्या रहेको छ । (सिन्ह्वा)


Author

थप समाचार
x