विश्व

जाकार्ता इन्डोनेसियाको राजधानी नरहने, अब नुसन्तारा नयाँ राजधानी

इकागज |
माघ ६, २०७८ बिहिवार १५:२८ बजे

काठमाडौं– इन्डोनेसियाको राजधानी जाकार्ता परिवर्तन भई अब अर्कै शहर हुने भएको छ । इन्डोनेसियाको सरकारले राजधानी परिवर्तन गर्ने विधेयक पारित गरेपछि नयाँ राजधानी नुसन्तारा हुने भएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनले उल्लेख गरेअनुसार सन् २०१९ मै इन्डोनेसियाको राजधानी जकार्तामा बाढीको प्रकोप ज्यादा हुने भएकाले नयाँ राजधानी कायम गरिने चर्चा चलेको थियो । सन् २०१९ मा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले नुसन्तारा नयाँ राजधानी हुने बताएको समाचारमा उल्लेख छ । त्यतिबेला राष्ट्रपति विडोडोले पर्यावरणीय समस्या र बढ्दो वित्तीय अस्थिरताले राजधानी परिवर्तन गरिनुपर्ने बताएका थिए ।


नयाँ राजधानीका लागि सिफारिस गरिएका ८० भन्दा धेरै शहरको सूचीबाट  नुसन्तारालाई छनोट गरिएको हो।
 


Author

थप समाचार
x