विश्व

दिल्ली सरकारले कर्फ्यू हटाउने

इकागज |
माघ ७, २०७८ शुक्रबार १०:५१ बजे

नयाँ दिल्ली- भारतमा दिल्लीमा सरकारले लगाउँदै आएको रात्रीकालीन कर्फ्यू हटाउने भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । पछिल्लो २४ घन्टामा साढे दुई लाख संक्रमित निको भएका छन् ।

त्‍यस्तै कोभिडबाट संक्रमित हुनेको संख्या दिनमै साढे तीन लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको  संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । 
 



Author

थप समाचार
x