विश्व

यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान

इकागज |
माघ ७, २०७८ शुक्रबार १२:३० बजे

फाइल फाेटाे

न्युयोर्क- फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो ।

मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो । विमानमा १२९ यात्रु थिए । फर्किएर विमान अवतरण गर्ने वित्तिकै प्रहरीले अटेर गर्ने यात्रुलाई पक्राउ गरेको थियो । अमेरिकन एयरलाइन्सले ती यात्रुलाई आगामी दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने जनाएको छ । 


अमेरिकामा आन्तरिक उडानका क्रममा कोभिड नियम पालना अस्वीकार गर्नेविरुद्ध शून्य सहनशिलता अपनाउने संघीय उड्यन प्रशासनले बताउँदै आएको छ । मास्क लगाउन नमान्ने यात्रुले विमान परिचारिकालाई दुव्र्यवहार गरेको विवरण सार्वजनिक भइरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।


Author

थप समाचार
x