विश्व

पाकिस्तानको सर्वोच्च अदालतले पायो पहिलो महिला न्यायाधीश

इकागज |
माघ ११, २०७८ मंगलबार ७:४७ बजे

पाकिस्तान- पाकिस्तानको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश पाएको छ । ५५ वर्षीय आयशा मलिकले सोमबार इस्लामावादमा शपथ लिएकी छिन् । 

पाकिस्तानको इतिहसमा मलिक सर्वोच्चमा न्यायाधीश बनेकी पहिलो महिला हुन् । आयशाबाहेक पाकिस्तानको सर्वोच्च अदालतमा १६ पुरुष न्यायाधीशहरु रहेका छन् । पाकिस्तान जस्तो पुरुषप्रधान समाजमा सर्वोच्च अदालतमा महिला प्रतिनिधित्व हुनु दशकौं देखिको संघषमाथिको ठूलो सफलता भएको बताइएको छ । 


ह्युमन राइट्स वाचका अनुसार दक्षिण एसियामा पाकिस्तान एउटा यस्तो देश हो जहाँ अहिलेसम्म महिला न्यायाधीश भएका छैनन् । यस अवसरमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्विट गर्दै मलिकलाई बधाइ दिएका छन् । 


Author

थप समाचार
x