विश्व

उत्तर कोरियाले गर्‍यो क्रुज मिसाइल प्रहार

इकागज |
माघ ११, २०७८ मंगलबार ११:३१ बजे

प्योङयाङ- उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुई वटा क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उदृत गर्दै सो जानाकारी दिएको हो । 

उत्तर कोरियाले केही दिनयता शृखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको प्रवृतिबारे दक्षिण कोरियाले समिक्षा गरिरहेको बताइएको छ । तर, दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफको कार्यालयले उत्तर कोरियाको मिसाइल प्रहारबारे पुष्टि गरिसकेको छैन् । 


प्योङयामाथि राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत क्रुज मिसाईल प्रहारमा भने रोक लगाएको छैन् । 

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले बारम्बार आणविक हतियार परीक्षण गरेको छ ।

 यस वर्षमात्र उत्तरले चार पटक व्यालिस्टिक मिसाइल परीक्षण गरिसकेको छ ।


Author

थप समाचार
x