विश्व

भारतमा कोभिड संक्रमित घट्न थाले

इकागज |
माघ ११, २०७८ १२:३७ बजे

नयाँ दिल्ली - भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । 

पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । 


यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लो २४ घन्टामा कोभिडबाट ६१४ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् । भारतमा कूल संक्रमितको ५ दशमलब ६२ प्रतिशत सक्रीय संक्रमित छन् । अझै पनि २२ लाख ३६ हजार ८४२ सक्रीय संक्रमित छन् । 

भारतमा अहिले संक्रमणमुक्त दर ९३ दशमलब १५ प्रतिशत छ ।



Author

थप समाचार
ad
x