विश्व

युक्रेन संकट : अमेरिकी सैनिक अलर्ट

इकागज |
माघ ११, २०७८ मगलवार २०:५१ बजे

काठमाडौं – रूसले अमेरिकाले ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय चिन्ताको विषय भएको बताएको छ । 

युक्रेनमाथि रुसी आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको जनाएपछि मंगलबार क्रेमलिनको यस्तो प्रतिक्रिया आएको हो । 


क्रेमलिनका प्रवक्ता दिमित्रि पेसकोवले युक्रेन संकटलाई रुसले नभइ अमेरिका र नेटोले बढाइरहेकोप्रति फेरि एकपटक जोड दिए । 

यसअघि नेटोले सुरक्षा बललाई तयारी अवस्थामा रखेको र पूर्वी युरोप तर्फ जहाज र लडाकु विमान पठाइन लागेको जनाएको थियो । जसको रुसले कडा निन्दा गरेको थियो । 

अमेरिका र यूरोपका केही देशले रूसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालनमाथि प्रश्न उठाइरहेका छन् । 


Author

थप समाचार
x