विश्व

पाकिस्तान भ्रष्टाचारको सूचीमा थप १६ देश पछाडि

इकागज |
माघ ११, २०७८ मंगलबार २१:७ बजे

इस्लामावाद – भ्रष्टाचारसम्वन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो बर्षभन्दा थप १६ देश पछाडि परेको छ । 

विश्वभरीका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान १४० औं क्रम सङ्ख्यामा परेको हो ।


ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ । 

ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सवै देशमा अध्ययन गरेर हरेक बर्ष विश्वभरी एकैचोटी प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ ।

भ्रष्टाचार थप बढेको देखिएपछि पाकिस्तानका विपक्षी दलहरूले सरकारको थप आलोचना गरेका छन् । उनीहरूले प्रधानमन्त्री इमरान खान नै यसको मुख्य दोषी भएको आरोप पनि लगाएका छन् ।

“पाकिस्तानको सरकार भ्रष्टाचारमा कति लागेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय यस संस्थाको प्रतिवेदनले पनि प्रमाणित गरेको छ,” विपक्षी दल पिएमए–एनले भनेको छ ।

विपक्षी दलका नेताहरूले अहिलेको सरकारलाई एक दिनपनि निरन्तरता दिन नहुने र जति ढिला भयो, त्यति मुलुकलाई क्षति हुने दावी गरेका छन् । अहिलेको सरकारलाई तत्काल विघटन गराउनु पर्ने उनीहरूको माग छ । 

कानुनी शासनको उलङ्घनलगायतका कारणले भ्रष्टाचार बढीरहेको उनीहरूको आरोप छ । 

अघिल्लो बर्ष १८० देशमध्येबाट १२४ औ क्रममा रहेको पाकिस्तान अहिले १८० मध्येमै १४० औ क्रममा पुग्नु साह्रै चिन्ताको अवस्था भएको विपक्षीहरूको भनाई छ । भारत र बंलादेशको आफ्नो अवस्थालाई यथावत राख्नसक्ने तर पाकिस्तानले किन सक्तैन भन्दै खान सरकारसँग जवाफ मागेका छन् । 


Author

थप समाचार
x