विश्व

जापानमा ह्वात्तै बढ्याे काेभिड संक्रमण, बिहीबार थपिए ७८ हजार संक्रमित

संगीता कुँवर |
माघ १३, २०७८ बिहीबार १७:४६ बजे

टोकियो – जापानमा काेभिड–१९ संक्रमणको नयाँ लहर डरलाग्दो तरिकाले बढिरहेकाे छ । बिहीबीर मात्रै ७८ हजार ९ सय ३१ जना कोभिड–१९ का नयाँ संक्रमित थपिएका छन् । त्यस्तै बुधबार ७० हजार भन्दा धेरै संक्रमित थपिएका थिए ।

काेभिडकाे संक्रमण बढेपछि देशका ४८ प्रिफेक्चर मध्ये १६ प्रिफेक्चरमा अर्ध–आपतकाल लगाइएको छ। बिहिबारदेखि १८ प्रिफेक्चर थपेर ३४ प्रिफेक्चरमा अर्ध-आपतकाल घोषणा गरिएको छ । काेभिडकाे नयाँ भेरियन्ट ओमिक्रोन देशभर फैलिन थालेसँगै संक्रमण अनियन्त्रित रुपमा बढिरहेको छ । टोकियोमा बिहीबारमात्रै १६ हजार ५ सय ३८ जनामा काेभिड पुष्टि भएको छ ।


ओसाका प्रिफेक्चर  ९ हजार ७ सय ११ जनामा कोरोना देखिएको हो । कोरोना नियन्त्रण गर्न विकसित भनिएका देशहरुलाइ पनि गार्हो परिरहेको छ । जापान भरिमा जनवरी १ तारिक ५ सय ३४ जनामादेखिएको कोरोना अहिले लगभग एकैदिन ८० हजार जनामा पुग्नु विकशित देशलाइ आउँदा महामारीको लागि पनि चुनौतीको विषय हो ।

कोरोना खोप लगाए पनि यो गतिले बढ्दा केही दिनमा एकैदिन लाखौँ संक्रमित संख्या हुनसक्ने विज्ञहरु बताउँछन् । अर्ध-आपतकाल विशेष गरी रेष्टुरेन्टमा साँझ अबेरसम्म जमघट र खानपिन गर्दा बढी सरेको तथ्यांक भएकोले रेष्टुरेन्ट खुल्ने समय घटाउनुका साथै विभिन्न सभा समारोह इभेन्ट र लाइभका कार्यक्रमलाइ बन्द गरिएको छ।

जापान अर्धआपतकाल घोषणा गरे पनि जापानको दैनिकी चलायमान छ । घरबाट सकिने कामहरु घरबाटै गर्न भनिएपनि विद्यालय र कामहरु नरोकिएपछि रेलका डिब्बाहरुमा मान्छेको भिड भने बाक्लै हुने गरेकाे छ । जापान सरसफाई र मास्कको प्रयोगमा सभ्यसँगै नियम मान्ने देशमा पर्दछ । कोरोना बढ्न नदिन विदेशी प्रतिबन्धसँगै क्वारेन्टाइन नियम पनि कडा बनाउँदा बनाउँदै पनि जापान काेभिड नियन्त्रण गर्ने प्रयासमा असफल देखिएकाे छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x