विश्व

पहिलोपटक चीनद्वारा युक्रेनलाई मानवीयता सामग्री सहयोग

इकागज |
फागुन २५, २०७८ बुधबार १५:११ बजे

काठमाडौँ- चीनले रसिया-युक्रेनको युद्ध सुरुभएपछि पहिलोपटक युक्रेनलाई मानवीयतासहितको विभिन्‍न सामग्री सहयोग गरेको छ । चिनियाँ रेडक्रसद्वारा गरिएको सहयोगमा ब्लांकेट, खाद्यान्न तथा दैनिक आवश्यक सामग्रीहरू रहेका छन् ।

दुई साता पहिले रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए । रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका लाई पुटिनले डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका थिए ।


दुई क्षेत्रका पृथकतावादी नेताहरूलाई सँगै राखेर पुटिनले उनीहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेपछि दुई मुलुक युद्धमा फसेको हो । 

स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले रूसी रक्षा मन्त्रालयलाई त्यहाँ शान्ति स्थापना गर्न सैनिक पठाउन निर्देशन दिएसँगै रसिया र युक्रेनबीच युद्ध चर्केको हो । युक्रेनबाट २० लाखभन्दा बढी मानिसले मुलुक छोडिसकेका छन् ।

त्यहाँका नागरिक आफ्नो जीवन रक्षाका लागि पोल्याण्ड, फ्रान्स तथा रोमानिया र अन्य छिमेकी मुलुक प्रवेश गरिसकेका छन् ।

<

p> 

 

 


Author

थप समाचार
x