संवैधानिक अंग

बैंकका कर्मचारीसँग मिलेर ४२ लाख हिनामिना गर्ने ठेकेदारविरुद्ध मुद्दा

इकागज | भदौ २२, २०७८

काठमाडौँ – नेपाल बैंकको सर्लाहीस्थित मलंगवा शाखाको ऋण फाँटका सहायकसँगको मिलेमतो गरेर ४२ लाख रुपैयाँ हिनामिना गर्ने ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । सर्लाहीको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको पाइएको थियो ।

नक्कली अग्रिम भुक्तानी जमानत बनाई ४२ लाख रुपैयाँ भुक्तानी लिई सरकारी रकम हिनामिना गरेको पुष्टि भएको आयोगले जानकारी दिएको छ । भवनको निर्माण गर्ने क्रममा लोकबीर बेताली/पाँच कुमारी जेभीका पार्टनरहरू अनिल गुप्‍ता र शिव नन्दन पासवानसगँको मिलोमतोमा नक्कली एडभान्स पेमेन्ट ग्यारेन्टी तयार गरेको उल्लेख छ । उनीहरूविरुद्ध काठमाडौँ विशेष अदालतमा मुद्दा दायर भएको आयोगले जानकारी दिएको छ । 

एमालेले सभामुख र निर्वाचन आयोगविरूद्ध दर्ता गरेको रिटको पेसी शुक्रबार

इकागज | भदौ १६, २०७८

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्‍निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च...

भारतबाट बिस्कुट ल्याउन सहजिकरण गरेकोमा घूस लिने हवल्दार अख्तियारको फन्दामा

इकागज | भदौ ९, २०७८

काठमाडौँ - भारतबाट घरायसी प्रयोजनका लागि बिस्कुटलगतायतका समग्री नेपाल भित्र्याउन सहजिकरण गर्न पाँच हजार...

तस्करीका अभियुक्तलाई छुटाउन घूस लिने प्रहरीविरुद्ध मुद्दा

इकागज | असार ३१, २०७८

काठमाडौँ : हिरासतमा राखिएको व्यक्तिलाई छुटाइदिन्छु भन्दै घूस लिने प्रहरी हवल्दार तारा कुमारी श्रेष्ठविरुद्...

मृतकका नामको सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने गाविस सचिवविरुद्ध मुद्दा

इकागज | असार २७, २०७८

काठमाडौँ : जाजरकोटको तत्कालीन लहँ गाउँ विकास समितिका दुई सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग...