कर्पोरेट

सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दती खाता

इकागज | बैशाख ८, २०७९

काठमाडौं– सानिमा बैंकले सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई यस्तो खाता सर्वजनिक गरेको जनाएको छ । 

सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम  ५ लाख सम्मको मुद्दती खोल्न सक्ने बैंकले जनाएको छ । 

‘ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन्‘ बैकले जारी गरेको विज्ञप्तीमा लेखिएको छ ‘मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरू स्वयंले व्यहोर्नु पर्नेछ ।’  

ग्राहकहरुलाई व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले  २ सम्मको लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने बैकले जनाएको छ । यसका साथै उक्त योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सक्नेछन् ।

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टको वित्तीय समापन सम्पन्न

इकागज | बैशाख ६, २०७९

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टको वित्तीय समाप...

प्रवासी कामदारको स्वास्थ्यमा हुन सक्ने असर न्यूनीकरण सम्बन्धमा कार्यशाला सम्पन्न

इकागज | बैशाख ६, २०७९

काठमाडौं – नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनी...

सीजीको 'हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने' नयाँ योजना सार्वजनिक

इकागज | बैशाख ४, २०७९

काठमाडौँ- सीजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका निम्ति नयाँ उपहार योजना सार्वजनिक गरेक...