सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् ।
चैत ३० गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
उनी यसअघि साेही बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
काठमाडाैँ विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गरेका न्यौपानेले बैंकिङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।