कर्पोरेट

बेनेलीको सोझै ‘२५ हजार क्यास डिस्काउन्ट’ अफरको घोषणा

इकागज | चैत ८, २०७८

काठमाडौं –काठमाडौं । बेनेलीले नयाँ क्याम्पेनअन्तर्गत ‘सोझै २५ हजार क्यास डिस्काउन्ट’, ‘नो सेयर, नो लक, नो स्क्रयाच’ कुपन योजना ल्याएको छ ।

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार रुपैयाँसम्मको नगद छुटको घोषणा गरेको हो । बेनेली बाइकका सबै नयाँ ग्राहकहरूले यो नगद छुट प्राप्त गर्ने जनाइएको छ । 

यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

इटालियन ब्रान्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सेग्मेन्टका बाइकहरू नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको जनाएको छ ।

बेनेलीको १५० सीसीदेखि ७५२ सीसीसम्मका विभिन्न बाइकहरू नेपालमा उपलब्ध छन् ।

गोल्छा ग्रुपद्वारा थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग प्रदान

इकागज | चैत ६, २०७८

काठमाडौं– गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेक...

एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो सेयर र सिआरएन अनलाइनबाट नै सुविधा लिन मिल्ने

इकागज | चैत ६, २०७८

काठमाडौं – एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा डिम्याट, मेरो शेयर र सिआरएन अनलाइनबाट नै सुविधा लि...