कर्पोरेट

स्कोडाको ‘युरोपियन–क्लास’को सर्भिस काठमाडौँमा

इकागज | फागुन ३०, २०७८

काठमाडौँ-  नेपालको लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु स्कोडाले काठमाडौँको सीतापाइलामा नयाँ ‘स्टेट-अफ-द-आर्ट’ ‘युरोपियन-क्लास’को सर्भिस सेन्टर सुरु गरेको छ । नयाँ सर्भिस सेन्टरको उद्घाटन स्कोडाका ग्राहक चर्चित अर्थोपेडिक डा. चक्रराज पाण्डे र लोेकप्रिय कलाकार अनुप विक्रम शाहीले संयुक्त रुपमा गरेका हुन् ।

नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सर्भिसको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टिटी’ र डिजाइनमा गरिएको हो । काठमाडौँस्थित आधुनिक वर्कसप नेपाली बजारमा स्कोडाको स्थानलाई अझ बलियो बनाउने उद्देश्यले निर्माण गरिएको जनाएको छ। यो सर्भिसबाट स्कोडाका ग्राहकले अद्वितीय युरोपियन गुणस्तरको सर्भिस पाउन सक्ने कम्पनीको दाबी छ। सीतापाइला स्थित स्कोडाको सर्भिस १५ हजार वर्ग फिटमा फैलिएको छ जहाँ ग्राहकलाई तुरुन्त सेवा दिन दुई वटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुल सेटसहितको १४ वटा वे रहेका छन् । यहाँ ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचानका लागि ‘इन–हाउस’ ‘टेस्ट ड्राइभ ट्रयाक’ र ठूलो स्पेयर्स पार्ट्स ‘वेयर हाउस’ पनि रहेको छ ।

 ‘हामीले हाम्रा ग्राहकका लागि युरोपियन क्लासको सर्भिस सेन्टर दिन पाउँदा निकै हर्षित छौं । हामीलाई विश्वास छ यो स्टेट–अफ–आर्ट सर्भिस सेन्टर र गुणस्तरीय प्रक्रियाले अद्वितीय सर्भिस अनुभव दिलाउन सक्नेछौँ,’ स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले भने । हाल नेपालका नौ वटा सहरमा स्कोडाको सर्भिस नेटवर्क छ र ग्राहकको सहजताका लागि यसलाई थप फराकिलो बनाउने लक्ष्य स्कोडाले लिएको छ । 

उद्यमशीलता विकासका लागि परम्परागत ऐन परिमार्जन अपरिहार्य : ढकाल

इकागज | फागुन ३०, २०७८

रोल्पा - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्र...

सिभिल बैंकको एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात ब्यवस्था कार्यालयमा

इकागज | फागुन २९, २०७८

 काठमाडौँ - समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ओखलढुङ्गा जि...