कर्पोरेट

एमजिको नयाँँ विद्युतीय गाडी नेपालमा, यस्तो छ मूल्य र विशेषता

इकागज | फागुन १६, २०७८

काठमाडौँ - नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँँ विद्युतीय गाडी एमजि जेडएस् इभि २०२२ सार्वजनिक गरेको छ । कम्पनीको नक्साल स्थित शोरूममा एक कार्यक्रम गरेर सो गाडी सार्वजनिक गरेको हो ।

स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध यो एमजि जेडएस् इभिमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिने कम्पनीले जनाएको छ। एउटा ५१.५८ किलोवाट हाइ-टेक ब्याट्री भएको जसको रेन्ज ३ सय १९ किमी र अर्को ७२.६ किलोवाट ब्याट्री भएको जसको रेन्ज ४ सय ४०किमी छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।

एमजि जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजि पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ ।एमजि जेडएस इभि २०२२ मा १३० एच्पिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड्न सक्ने कम्पनीको दाबी छ । एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ , १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका कमपनीले जनाएको छ ।

एमजि जेडएस् इभि २०२२मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसको चार्जिङ पोर्ट ःन् ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।

आइतबार दराज एपमा आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

इकागज | फागुन १५, २०७८

काठमाडौँ - आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे र दराजबीच&nb...

ज्योति विकास बैंकद्वारा शिशुवा अस्पताललाई बेबी वार्मर प्रदान

इकागज | फागुन ११, २०७८

काठमाडौँ - ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित 'हाम्रो विकास प्रवर्द्धन ...

आज सिजीको बिग डे

इकागज | फागुन १०, २०७८

काठमाडौँ - चौधरी ग्रुप अन्तर्गत रहेको सीजी डिजिटल इकमर्सले बिग सि.जी.डे २२.२.२२ योजना ल्याएक...