एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ - एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पूँजीको १२.५० प्रतिशत बोनस सेयर एवं ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्व ३६ करोड पुग्ने जानकारी दिएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १ सय ६६ अर्ब र कर्जा १ सय ५८ अर्ब रुपैयाँ रहेको छ ।
एनएबिले दि फिनान्सियल टाईम्स लण्डनद्वारा 'बैंक अफ दि इयर एशिया २०२१' र २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ ।