कर्पोरेट

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड सम्पन्न

इकागज | पुस ७, २०७८

काठमाडौँ - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रूपमा आयोजना गर्दै आएको बिजनेस एक्सिलेन्स अवार्ड, २०२१ सम्पन्न भएको छ। कार्यक्रममा देशभिर रहेका २४ हजार ५०० अभिकर्तामध्ये गत आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट कार्य सम्पादन गरी आइएमई  लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल भएकालाई सम्मान गरिएको थियो। 

जसमध्ये २०० जना क्लब दाबेदार, ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखा र कर्मचारी सम्मानित भएका छन्। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले यस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए।

सुपर कावेली खोला ए र सुपर कावेली खोला क्यासकेड जलविद्युतको मुख्य लगानीकर्ता एनएमबि बैंक

इकागज | पुस ५, २०७८

काठमाडौँ - एनएमबि बैंकले १३.५ मेगावाट तथा १२ मेगावाटका क्रमश सुपर कावेली खोला ए जलविद्युत आयोजना तथ...