नेपाल विप्रेषक संघको अध्यक्षमा टण्डन
काठमाडौँ - नेपाल मुद्रा विप्रेषक (रेमिट्यान्स) संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन् । आज सम्पन्न संघको १६ औं वार्षिक साधारणसभाले टण्डनको अध्यक्षतामा आगामी तीन वर्षका लागि निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष टण्डन यसअघि संघको उपाध्यक्ष थिए ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रालि), महासचिव सञ्जय सिग्देल (सूर्या रेमिट प्रालि), कोषाध्यक्ष ईन्द्र प्रसाद शर्मा (आईपे रेमिट प्रालि) तथा सचिवमा दिपेन्द्र खनाल (ईजिलिङ्क रेमिट्यान्स प्रालि) चयन भएका छन् । सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रालि), दिवाकर पौडेल (जिएमई रेमिट प्रालि), सञ्जिव पाठक (एटिटि रेमिट प्रालि) चयन भएका छन् ।
संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा आफू र आफ्नो कार्यसमितिलाइ पूर्णत सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दे अध्यक्ष पोखरेलले सहमतिमा सबैको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरिएको बताए ।
संघको बिधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ (हिमालयन बैंक लि) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर प्रालि) मनोनित भएको विज्ञप्तिमा उल्लेख छ । १६औं वार्षिक साधारण सभाको अवसर पारेर संघले पूर्व पदाधिकारीलाई सम्मान गरेको थियो ।