कर्पोरेट

ज्योति विकास बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत

इकागज | कात्तिक १५, २०७८

काठमाडौँ- ज्योति विकास बैंकद्वारा निष्काशित १.५ अर्ब रुपैयाँ बराबरको ९ प्रतिशत ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।

ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरे ।

यस सम्झौतापछि सो ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार सुरु हुने जानकारी प्राप्त भएको बताइएको छ ।

बैंकले  एक हजार रुपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र  ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गरेको थियो ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक स्थापना

इकागज | कात्तिक १४, २०७८

काठमाडौँ- नेपाल टेलिकमले सोलुखुम्बु जिल्लामा अप्टिकल फाइबल लिंक स्थापना गरेको छ। लिंक स्थापना भएसँगै म...