कर्पोरेट

११ सय ११ निशान म्याग्नाइट गाडी नेपालमा

इकागज | असोज २०, २०७८

काठमाडौँ- नेपाली बजारमा १ हजार १११ युनिट निसान म्याग्नाइट गाडी बिक्री भएको छ। नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ।

यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जनाएको छ। यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको समेत पायोनियर मोटोकर्पले दाबी गरेको छ।

निसान म्याग्नाइट नेपाली बजारमा गत वर्षको फेब्रुअरी २२ मा औपचारिक रुपमा लन्च गरिएको थियो । साउन महिनासम्म ५७८ युनिट निसान म्याग्नाइट बिक्री भएको कम्पनीले जनाएको छ ।

कोका-कोलाको ‘सस्टेनेबिलिटी हाइलाट्स – २०२०’ रिपोर्ट सार्वजनिक

इकागज | असोज १९, २०७८

काठमाडौँ- कोका-कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट सार्वजनिक गरेको छ । रिपो...