कर्पोरेट

कुमारी बैंक र यती एअरलाइन्सले 'कुमारी स्काई क्लब कार्ड' जारी गर्ने

इकागज | असोज १४, २०७८

काठमाडौँ- कुमारी बैंक र वायुसेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपमा नेपालमै पहिलो पटक स्विप एण्ड प्लाई च्याम्पिएनको शुरुवात गरेको छन् । यती एअरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लब को–ब्राण्ड कार्ड जारी गरिने दुवै कम्पनी जारी गरेको व्यक्तव्यमा जनाएको छ ।

यसै सन्दर्भमा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लब कार्डका वाहकहरुले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरु समेत प्रोत्साहित हुने विचार व्यक्त गरे ।

अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालज्यूले बताए ।  हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य विल्कुलै पृथक शैलीमा नेपालमै पहिलोपटक भएको हो । त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्वपूर्ण रहेको छ ।

जावाको दसैं तिहार बहारः लेजेन्डरी बाइकको खरिदमा ज्याकेट हेल्मेट उपहार

इकागज | असोज १३, २०७८

काठमाडौं - नेपालका लागि जावा बाइकको आधिकारिक बिक्रेता अग्नि मोटोइन्कले दसैँ तिहारको अफर सार्वजनिक गरे...