कर्पोरेट

एभरेष्ट बैंकको नयाँ सिइओमा सुदेश खालिङ्ग नियुक्त

इकागज | असोज १०, २०७८

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङ्गलाई नियुक्त गरेको छ । विगत ३५ वर्षदेखि बैंकिङ्ग् क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरुमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएका खालिङ्गले आश्विन ८ गते देखि औपचारिक रुपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका छन् ।

खालिङले यसअघि लक्ष्मी बैंकमा सिइओको जिम्मेवारी सम्हालिसकेका थिए भने त्यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सूचना अधिकृत थिए ।