कर्पोरेट

दक्षिण एसियामा निशानकाे 'ग्रीन मिशन सेसन'

इकागज | भदौ २७, २०७८

काठमाडौँ - विश्व विद्युतीय गाडी (इभी डे) दिवसको उपलक्ष्यमा निसान कम्पनीले दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसनको आयोजना गरेको छ । नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको संभावना रहेकाले सेसनको आयोजना गरिएको कम्पनीले जनाएको छ । निशानको उद्देश्य यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने र दिगो पनि हुने कम्पनीले जनाएको छ।

नेपाल सरकारको नीति अनुरुप कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने छ । निसानले पनि यसमा सहयोगी भूमिका खेल्दै यसमा शून्य प्रतिशत प्रदुषण गर्ने सवारी साधनको बिक्री सुरू गरेको जनाएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्धनिर्देशक सन्दिपकुमार शारदाले निशान लिफको ग्राहक वर्गमा प्रत्यक्ष अनुभव गराउनको लागि भदौ २८ गते देखि काठमाडौँका शो–रुमहरुमा साता व्यापी टेष्ट ड्राईभको व्यवस्था गरेको बताए । ग्राहकले निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो रहेको जानकारी दिएको छ । ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा मिलाएको कम्पनीले जनाएको छ । यसमा आफ्नै घरमा रहेको डेडिकेटेड वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुने कम्पनीको दावी छ ।

 

कोभिडविरुद्धको खोप लगाउन दर्ता नम्बर लिएर आए निःशुल्क स्कुटर र मोटरसाइकलको सर्भिसिङ्ग

इकागज | भदौ २७, २०७८

कैलाली - धनगढीमा कोभिड-१९ विरुद्धको खोप लगाउन नाम दर्ता गरेर दर्ता नम्बर ल्याएर आएमा स्कुटर र मोटरसाइकल...