कर्पोरेट

बजाजले सुरु गर्‍यो दसैं अभियान ‘बजाज खुशी को ३ डोज’

इकागज | भदौ ९, २०७८

काठमाडौँ – दसैंको अवसरमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

बजाजले ग्राहकका लागि रोमाञ्चक योजना र अफरहरु ल्याइरहेको छ । कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुसी बाँड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको कम्पनीले बताएको छ ।

ग्राहकले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखतमा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । ग्राहकले बाइक किन्नु भन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक, उपभोक्ताले मोटरसाइकलको खरिदको दौरानमा एक लाख रुपैयाँसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । 

हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ ।‘ 

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, डिजाईनरलाई १ लाखको पुरस्कार

इकागज | भदौ ८, २०७८

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टि...