कर्पोरेट

शाओमी ग्लोबल स्मार्टफोन मार्केटको दोस्रो स्थानमा

इकागज | साउन ३, २०७८

काठमाडौँ : लिडिङ ग्लोबल मार्केट रिसर्च फार्म क्यानालिसले आफ्नो दोस्रो त्रैमासिकको ग्लोबल स्मार्टफोन मार्केटको रिपोर्ट सार्वजनिक गरेको छ । जसमा शाओमीले १७ प्रतिशत शेयर र ८३ प्रतिशत यर अन यर वृद्धिका साथ एप्पललाई पछाडि पारेर दोस्रो स्थानमा अग्रता लिएको जानकारी दिएको छ ।

क्यानालिसले भनेको छ, ‘शाओमीले अहिले आफ्नो व्यवसायको मोडेललाई च्यानल पार्टनर कन्सोलिडेसन र अधिक सावधानीपूर्वक व्यवस्थापन जस्ता पहलहरूको साथ च्यालेन्जरबाट इनकन्म्बेन्टमा रूपान्तरण गरिरहकोे छ ।’ शाओमीको नयाँ लक्ष्य भनेको सामसङलाई विश्वको सबैभन्दा ठूलो बिक्रेता बन्नबाट पछि पार्नु रहेको क्यानालिसको टिप्पणी छ ।

शाओमीका संस्थापक, अध्यक्ष र मुख्य कार्यकारी अधिकृत लेई जुनले सबै कर्मचारीहरूलाई लेखेको पत्रमा औंलाउदै भन्नु भयो कि विश्वको नं .२ स्थानमा पर्न सफल हुनु शाओमीको इतिहासको महत्वपूर्ण माइलस्टोन भएको बताए । 

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच रकम भुक्तानी गर्ने सम्झौता

इकागज | साउन १, २०७८

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालबी...

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने योजना छैन : पर्यटन मन्त्रालय

इकागज | असार २७, २०७८

काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने कुन...