अदालत

भूमि आयोग खारेजी गर्ने निर्णय बदरको माग गर्दै देवी ज्ञवाली सर्वाेच्चमा

इकागज | साउन २४, २०७८

काठमाडौँ - भूमि आयोग खारेजीको निर्णयविरुद्ध भूमिसम्बन्धी समस्या समाधान आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवालीले सर्वाेच्चमा रिट दायर गरेका छन् ।  ज्ञवालीले रिट दायर गर्दै उत्प्रेषण आदेशमार्फत शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेको निर्णय बदर गर्न माग गरेका हुन् ।

यसअघि शुक्रबार पनि सर्वाेच्चमा यससम्बन्धी रिट दायर भएको थियो । रिट दर्ता भइसकेको छ । रिटमाथि भोलिका लागि नै पेसी तोकिएको छ । 'रिट दर्ता भयो । भोलिलाई पेसी तोकिएको छ' सर्वोच्चका सञ्‍चार विज्ञ किशोर पौडेलले भने ।