महान्यायाधिवक्ता बडालको व्याख्या
संविधानको धारा ७६ (२) र ७६ (५) मा के फरक, के समानता ?
काठमाडौँ : प्रतिनिधि सभा विघटनको मुद्दामा संविधानको व्याख्यालाई लिएर विवाद भइरहेको छ । खासगरी संविधानको धारा ७६ को उपधारा (५) लाई आधार देखाएर राष्ट्रपतिले प्रधानमन्त्री पदमा परेका दाबी खारेज गरेको विषयमा अदालतको मुद्दा केन्द्रित छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले निवेदक पक्षका तर्कलाई खण्डन गर्दै संविधानको धारा ७६ (५) को विश्लेषणात्मक व्याख्या प्रस्तुत गरेका छन् ।
निवेदक पक्षका कानुन व्यवसायीले धारा ७६ (५) अन्य उपधाराभन्दा पृथक रहेको तर्क गर्दै आएका थिए । जेठ ७ मा राष्ट्रपतिले प्रधानमन्त्रीमा परेको दाबीमा सदस्यहरू एक अर्कामा दोहोरो परेको भन्दै केपी शर्मा ओली र शेरबहादुर देउवाको दाबीलाई मान्यता नदिने बताएकी थिइन् । त्यस्तै दलको निर्णयविपरीत एकले अर्कोलाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको भन्दै प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको बताएकी थिइन् ।
निवेदक पक्षका वकिलहरूले राष्ट्रपतिको यो निर्णय संविधानको धारा ७६ (५) विपरित भएको दाबी गर्दै आएका छन् । धारा ७६ (५) ले दललाई पहिचान नगर्ने निवेदक पक्षका वकिलहरूको तर्क थियो । तर, महान्यायाधिवक्ता बडालले सोमबारको तीन घन्टाभन्दा बढी लामो बहसमा धारा ७६ (५) को विश्लेषणात्मक व्याख्या प्रस्तुत गरेका हुन् ।
बडालले 'संविधानको धारा ७६ (२) र ७६ (५) मा भएको भिन्नता र समानता'का विषयमा आफ्नो तर्क प्रस्तुत गरेका छन् ।
बहुदलीय प्रतिस्पर्धाको व्यवस्थाविपरीत
रिट निवेदकको माग बमोजिम धारा ७६ (५) मा ह्विप नलाग्ने वा बहुदलीय अनुशासनमा बस्नु नपर्ने तर्कलाई मान्दा संविधानको व्यवस्था, संघीय कानुन बमोजिमको दलसम्बन्धी व्यवस्था र बहुदलीय प्रतिस्पर्धाबाट निर्वाचित हुने व्यवस्था निष्क्रिय हुने महान्यायाधिवक्ता बडालको दाबी छ ।
उनले संविधानको प्रस्तावना र धारा ७४ मा प्रयुक्त बहुदलीय प्रतिस्पर्धाको प्रबन्ध रहेको उल्लेख गरे । संविधानकै धारा ८९(ङ) को दलत्याग गरेमा संघीय कानुन बमोजिम संघीय संसद् सदस्यको पद रिक्त हुने व्यवस्थासमेत उनले प्रस्तुत गरे ।
धारा ८४ मा उल्लेख भए बमोजिम दलिय मत वमोजिम समानुपातिक निर्वाचन प्रणालीवाट निर्वाचित हुने व्यवस्थामा समेत बहुदलीय अनुशासनको महत्त्व देखिएको उल्लेख छ । धारा २६९ मा उल्लेख भएको समान राजनीतिक विचार, दर्शन र कार्यक्रम प्रति प्रतिबद्ध भएको अवस्थामा दलको निर्माण हुने व्यवस्था उल्लेख छ । त्यस्तै बहुदलीय प्रतिस्पर्धावाट निर्वाचित हुन घोषणापत्र चाहिने र निर्वाचनमा दल दर्ता गर्नुपर्ने धारा २७१ को व्यवस्था स्वत: निष्क्रिय हुने बडालको दाबी छ ।
संविधानको धारा ७६ (२) र ७६ (५) मा भएको भिन्नताबारे महान्यायाधिवक्ता रमेश बडालको तर्क :
नेपालको संविधानको धारा ७६(२) र ७६(५) को भिन्नता |
||
|
धारा ७६(२) |
धारा ७६(५) |
कस्तो अवस्थामा सरकार बन्छ ? |
प्रतिनिधि सभामा बहुमत प्राप्त दल नभएको अवस्था । |
प्रतिनिधि सभामा बहुमत प्राप्त दल नभएको र धारा ७६(२)को सरकार बन्न नसकी धारा ७६(३) को प्रधानमन्त्रीले विश्वासको मत नपाएकोमा वा मार्ग प्रशस्त गरेकोमा । |
कति मत चाहिन्छ ? |
प्रतिनिधि सभामा स्पष्ट बहुमत हुने गरी कुल २७५ को बहुमत अर्थात १३८ जनाको समर्थन चाहिने । |
विश्वासको मत अर्थात धारा १०० को उपधारा ३ बमोजिम तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत चाहिने । अहिले २७१ को बहुमत अर्थात १३६ जना सदस्य भए पुग्ने । |
विश्वासको मत कसरी लिने ? |
धारा ७६(४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने । |
धारा ७६(६) ले उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले समेत उपधारा ४ बमोजिम नै विश्वासको मत लिनु पर्ने व्यवस्था गरेको । |
दलले दिएको समर्थन फिर्ता हुन सक्ने/ नसक्ने ? |
दलको समर्थन हुने हुँदा धारा १००(२) अनुसार समर्थन फिर्ता लिन पनि सक्छ । |
दलको समर्थन हुने हुँदा धारा १००(२) अनुसार समर्थन फिर्ता लिन पनि सक्छ। तर स्वतन्त्र सांसदले मात्र समर्थन फिर्ता लिए धारा १००(२) आकर्षित नहुने । |
विघटनसँगको सरोकार |
धारा ७६(२)को सरकार नबनेमा वा विश्वासको मत प्राप्त नगरेमा धारा ७६(५)को सरकार बन्न सक्छ । |
धारा ७६(५)को सरकार बन्न नसकेमा वा विश्वासको मत प्राप्त गर्न नसकेमा तत्काल वहाल रहेका प्रधानमन्त्रीको सिफारिशमा प्रतिनिधि सभा वाध्यात्मक रूपमा विघटन हुन्छ। |
राष्ट्रपतिको भूमिका |
दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधि सभाको सदस्यलाई अनिवार्य रूपमा प्रधानमन्त्री पदमा नियुक्ति गर्नु पर्छ। |
दलहरूको समर्थनमा प्रस्तावित प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने आधार छ वा छैन भन्ने विषयमा निर्णय गर्नु पर्दछ। आधार भनेको आफ्नो दाबी विवादास्पद, शंकाजन्य वा अविश्वसनीय हुनु हुँदैन । |
नेपालको संविधानको धारा ७६(२) र ७६(५) को समानता
|
||
को उम्मेद्वार हुन सक्छ ? |
दुई वा दुई भन्दा बढी दलको समर्थन पाउने प्रतिनिधि सभाको सदस्य । संसदीय दलको नेता हुनु आवश्यक पर्दैन । |
दुई वा दुई भन्दा बढि दलको समर्थन पाउने प्रतिनिधि सभाको सदस्य । संसदीय दलको नेता हुनु आवश्यक पर्दैन । |
दलीय प्रतिस्पर्धा समाप्त हुन्छ वा हुँदैन ? |
संविधानको प्रस्तावना र धारा ७४ मा उल्लेख भएको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली भन्ने भाषामा प्रयुक्त प्रतिस्पर्धात्मकता सबै अवस्थामा लागू हुन्छ । कहिले पनि खण्डित र निलम्बित हुदैन । |
संविधानको प्रस्तावना र धारा ७४ मा उल्लेख भएको बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली भन्ने भाषा मा प्रयुक्त प्रतिस्पर्धात्मकता सबै अवस्थामा लागू हुन्छ । कहिले पनि खण्डित र निलम्बित हुदैन । |
निर्दलीयताको परिकल्पना गरिएको छ वा छैन ? |
दलको समर्थन अनिवार्य हुन्छ । निर्दलीय चरित्रको सरकारको परिकल्पना गरिएको छैन । दलका सदस्य निर्दलीय हैसियतमा रहने परिकल्पना गरिएको छैन । |
दलको समर्थन अनिवार्य हुन्छ। निर्दलीय चरित्रको सरकारको परिकल्पना गरिएको छैन । दलका सदस्य निर्दलीय हैसियतमा रहने परिकल्पना गरिएको छैन । |
मतदाता प्रतिको जवाफदेहीता |
धारा ८४, तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा १९(१), दफा ६०, दफा ६२ बमोजिम दलबाट निर्वाचित कुनै सदस्य निर्वाचनमा दलले जारी गरेको घोषणापत्रमार्फत मतदाता प्रति जवाफदेही हुनुपर्दछ । |
धारा ८४, धारा ८९(ङ), तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा १९(१), दफा ६०, दफा ६२ बमोजिम दलबाट निर्वाचित कुनै सदस्य निर्वाचनमा दलले जारी गरेको घोषणापत्रमार्फत मतदाता प्रति जवाफदेही हुनु पर्दछ । |
राजनीतिक दलका सदस्य दलको अनुशासन तोड्न स्वतन्त्र हुन्छ वा हुँदैनन् ? |
धारा ८९(ङ), २६९,२७०,२७१,२७२ कृयाशील हुन्छ र आफ्नो दलको उमेदवारको विरुद्धमा निर्वाचनमा प्रतिस्पर्धी दलको उमेद्वारको पक्षमा लाग्ने छुट दिदैन । |
धारा ८९(ङ), २६९,२७०,२७१,२७२ क्रियाशील हुन्छ र आफ्नो दलको उमेद्वारको विरुद्धमा निर्वाचनमा प्रतिस्पर्धी दलको उमेद्वारको पक्षमा लाग्ने छुट दिदैन । |
ह्विप लाग्ने/नलाग्ने |
धारा ८९(ङ) र राजनैतिक दल सम्बन्धी ऐनको दफा २८ अनुसार ह्विप लाग्ने । धारा ७६(४) मा ह्विप लागु हुने स्पष्ट छ। |
धारा ८९(ङ) र राजनैतिक दल सम्बन्धी ऐनको दफा २८ अनुसार ह्विप लाग्ने किनकी धारा ७६(६) र धारा ७६(४) अन्तर्सम्बन्धित छ। |