अदालत

'सरकार संसद्लाई छल्ने, संविधान र कानुन नमान्‍ने दिशामा गयो'

इकागज | जेठ ६, २०७८

काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शपथसम्बन्धी अध्यादेश २०७८’ जारी गरिन् । केपी शर्मा ओलीले गत बैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (३) बमोजिम अल्पमतको प्रधानमन्त्रीमा लिएको शपथ विवादित भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले त्यससम्बन्धी अध्यादेश जारी गरेकी हुन् । 

प्रधानमन्त्रीको शपथ लिँदा राष्ट्रपतिल ‘म प्रतिज्ञा गर्छु’ भन्दा ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीको ‘हि...हि....,’ भनेर शपथ पुनः सुरु गरेकी थिइन् । त्यो घटना विवादित भएपछि हतार हतारमा अध्यादेश जारी हुनुले शपथ त्रुटीपूर्ण थियो भन्ने प्रमाणित भएको संविधानका जानकारहरू बताउँछन् । 

संविधानविद् डा. भिमार्जुन आचार्यले हतारमा अध्यादेश जारी गर्नुले शपथ त्रुटीपूर्ण थियो भन्ने प्रमाणित भएको बताए । ‘शपथ त्रुटीपूर्ण थियो भन्‍ने अध्यादेश जारी भएपछि प्रमाणित भएको छ,’ संविधानविद् डा. आचार्यले इकागजसँग भने, ‘शपथ बेठीक भयो, राष्ट्रीय अन्तर्राष्ट्रिय लज्जाको विषय भयो । संविधानलाई खेलौना बनाइयो भनेर हामीले टिप्पणी गर्‍यौं, त्यो विषय आज अध्यादेश जारी भएपछि पूरै प्रमाणित भयो । होइन भने आजै यो अध्यादेश किन जारी गर्नु पर्थ्यो र ।’

अब अध्यादेश जारी भएपछि संविधान र कानुनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पुनःप्रधानमन्त्रीमा शपथ खुवाउनु पर्ने डा. आचार्यले बताए । ‘अध्यादेश जारी गरेपछि संविधान र कानुनप्रति उहाँको सम्मान छ भने अध्यादेश बमोजिम प्रधानमन्त्रीलाई पुनः शपथ खुवाउनुपर्छ । त्यसो गरेमा मात्रै हामीले उहाँलाई आदर गर्न सक्छौं ।’

सरकारमा संसदलाई छल्ने र संविधान र कानुन नमान्ने  प्रवृत्ति रहेको आचार्यले बताए । ‘एकातिर जेठ नौ गते संसद्को अधिवेशन आह्वान गर्ने सिफारिस मन्त्रिपरिषद् बैठकले गरेको छ । संसद् अधिवेशन बसिहाल्ने हो भने अध्यादेश किन ल्याउनु पर्‍यो,’ डा. आचार्यले भने, ‘संसद्ले नै कानुन बनाउँछ । संसद्लाई सरकारले छल्न खोजेको देखियो । संसदलाई छल्ने, सकभर संविधान र कानुन नमान्ने प्रवृत्ति सरकारमा देखियो ।’  

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि विद्यादेवी भण्डारीले केहीबेर अगाडि २४ घण्टाभन्दा कम समय दिएर वैकल्पिक सरकार बनाउन म्याद तोकेकी छन् । 


 

गैरसांसद ७ नेताको मन्त्रीमा पुनःनियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट (रिटको पूर्ण पाठसहित)

इकागज | जेठ ५, २०७८

काठमाडौं : गैरसांसद भए पनि मन्त्रीमा पुनःनियुक्त भएका ७ नेताको नियुक्ति बदर गर्न अन्तरिम आदेश माग गर्दै ...

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्रीले लिएको शपथ रोक्न सर्वाेच्चद्वारा अस्वीकार

इकागज | जेठ ४, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपतिबाट ‘त्यो पर्दैन’ भन्दै लि...

प्रधानमन्त्रीको शपथविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीशकै बेञ्चमा

इकागज | जेठ ४, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको विवादित सपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसे...

लुम्बिनीका चार सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

इकागज | जेठ ३, २०७८

काठमाडौं : सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको...

प्रधानमन्त्री ओलीको शपथ दोहोर्‍याउन माग गर्दै सर्वोच्चमा अर्को रिट

इकागज | जेठ ३, २०७८

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिदाँ त्...

‘संविधानमाथि सबैभन्दा ठूलो खतरा प्रधानन्याधीशबाटै देखियो’

दिनेश त्रिपाठी | बैशाख २६, २०७८

यो अध्यादेश गैरसंवैधानिक छ । एउटै अध्यादेशलाई पटक पटक जारी गर्नु धोकाधडी हो । यो अध्यादेश पास हुने भए...