अदालत

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको बहस आज सकिदै, कहिले आउँछ फैसला ?

इकागज | फागुन ७, २०७७

काठमाडौँ : दुई महिनादेखि जारी प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथिको बहस आज सकिदैछ । एमिकस क्युरीका तर्फबाट अन्तिम सदस्य वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय राखेपछि मुद्दामाथिको बहस आज सकिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते सर्वोच्चमा दर्जन बढी रिट निवेदन दर्ता भएका थिए । रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्र शम्‍शेर राणाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई प्रतिनिधि सभा विघटन गर्नुको लिखित जवाफ पेस गर्न र राष्ट्रपति कार्यालयलाई विघटनको निर्णयको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएका थिए ।

त्यसपछि रिट निवेदकले यस मुद्दाको सुनुवाइ वृह्तपूर्ण इजलासमा गर्नुपर्ने माग गदै फेरि रिट दर्ता गरेका थिए । तर प्रधानन्यायाधीश राणा नेतृत्वको इजलासले यस मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै गर्ने आदेश दिए । त्यतिबेला पनि पक्ष र विपक्षमा बहस भएको थियो । एमिकस क्युरीका केही सदस्यले संवैधानिक इजलासमै न्यायाधीशको संख्या थपेर वृहत्‌पूर्ण इजलास बनाउन सकिने राय पनि दिएका थिए ।

माघदेखि संवैधानिक इजलासमा जारी सुनुवाइमा साढे तीन सय बढी कानुन व्यवसायीले प्रतिनिधि सभा विघटनको विपक्षमा बहस गरे । साढे तीन सय कानुन व्यवसायीको लामो बहसले गर्दा नै यस मुद्दामाथिको सुनुवाइ लम्बिएको थियो ।

पेचिलो मुद्दा र कानुन व्यवसायीको चर्को वकालतलाई मध्यनजर गरेर संवैधानिक इजलासले सहयोगीका रुपमा एमिकस क्युरी गठन गरेर बहसका लागि निम्त्याएको थियो । सोही अनुसार पक्ष र विपक्षका कानुन व्यवसायीले बहस गरेपछि एमीकस क्युरीका तर्फबाट पाँच जना वरिष्ठ अधिवक्ताले बहस गरेका हुन् ।

दुई महिना लामो बहसपछि अब अर्को हप्ता प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउनेछ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा नै विभाजन भएको छ । 

नेकपामा प्रधानमन्त्री ओली समूहले चुनावको मिति घोषणा गरेर प्रतिनिधि सभा विघटनको बचाउ गरिरहेको छ भने पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सडक संघर्षका कार्यक्रम गर्दै आएको छ । सर्वोच्चमा सुनुवाइ चलिरहेका कारण सरकारले घोषणा गरेको चुनावी प्रक्रिया निर्वाचन आयोगले अगाडि बढाउन सकेको छैन् । 
 

यस्तो छ कामचलाउ प्रधानमन्त्री ओलीले सर्वोच्चमा बुझाएको लिखित जवाफ(पूर्णपाठ)

इकागज | फागुन ६, २०७७

काठमाडौंँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले अपहेलना सम्बन्धी मुद्दामा सर्वोच्चमा लिखित जवाफ पेश गरे...

सर्वोच्चमा लिखित जवाफ बुझाएर फर्किए कामचलाउ प्रधानमन्त्री ओली

इकागज | फागुन ६, २०७७

काठमाडौं : अपहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ दिएर कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतबा...

कामचलाउ प्रधानमन्त्री ओली लिखित जवाफ लिएर सर्वोच्‍च अदालत जाँदै

इकागज | फागुन ६, २०७७

काठमाडौँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालतमा...

एमिकस क्युरीका तर्फबाट खरेलको राय : प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंवैधानिक

इकागज | फागुन ५, २०७७

काठमाडौँ : वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय अस‌वैधानिक भए...

सर्वोच्चमा एमिकस क्युरी बहस सुरु, समयको ख्याल राख्‍न प्रधानन्यायाधीशको आग्रह

इकागज | फागुन ४, २०७७

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आजदेखि एमिकस क्युरी बहस सुरु भएको छ । संवैधानिक...