अदालत

प्रधानमन्त्री ओलीलाई सर्वोच्चमा उपस्थित गराउन माग

इकागज | माघ १५, २०७७

काठमाडौं : कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वाेच्‍चमा उपस्थित गराउन माग गरेका छन् । प्रधानमन्‍त्रीविरुद्धको अवेहलना मुद्दामा बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्‍त्री ओलीलाई तीन दिनभित्र इजलाशमा बोलाएर लिखित जवाफ पेश गराउन माग गरेका हुन् । 

प्रतिनिधि सभा विघटनविरुद्धको विचाराधीन मुद्दामा जथाभावी बोलेको र कानुन व्यवसायीमाथि व्यक्तिगत टिप्पणी गरेको भन्‍दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्‍ता कञ्‍चनकृष्ण न्यौपानेले निवेदन दर्ता गराएका थिए ।

निवेदनमा वहस गर्दै कानुन व्‍यवसायीहरूले प्रधानमन्‍त्रीलाई इजलासमा बोलाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कञ्‍चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीलगायतले बहस गरेका थिए । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा मुद्दा सुनुवाइ जारी छ ।

चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध दर्ता भएका रिट जस्ताको तस्तै

इकागज | माघ १४, २०७७

काठमाडौँ : चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । मुद्दा मंगलबार न...

आत्तिन थाले न्यायाधीश : 'एउटै मुद्दामा साढे तीन सय जनाले बहस गरेर कहिले सक्‍ने ?'

इकागज | माघ १४, २०७७

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस लम्बि...

बुधबारको इजलास सुरु

इकागज | माघ १४, २०७७

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवै...